संघिय खम्बुवान लोकतान्त्रिक पार्टि र किरात पार्टि बीच एकताको पत्रकार सम्मेलन सम्पन्न

फागुन ३ काठमाडौ,संघिय खम्बुवान लोकतान्त्रिक पार्टिकिरात पार्टि बीच एकताको पत्रकार सम्मेलन सम्पन्न भएको छ । बिगत लामो समयदेखि पहिचानको मुद्धालाई तडकारो रुपमा राख्दै आएका यी दुई बिच रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको हो । नेपालको आदिवासी किरातीहरु लोभ लालच र कसैको उक्साहटमा लागेर छिन्न भिन्न हुदै गर्दा यी दुई पार्टि एक भएको हो ।

किरात समुदायमा राई,लिम्बु,सुनुवार,दनुवार,याख्खा,धिमाल,मेचे आदि जातजातिहरुलाई भन्ने गरिन्छ । सम्पुर्ण आदिवासी जनजातीहरु,पिछडा बर्गहरुको पहिचानको निम्ति बुलन्द आवाज र शसक्त आन्दोलन गर्नको खातिर यो जन्मिएको बताईएको छ । किरात पार्टिको तर्फ बाट किरात पार्टिको अध्यक्ष शान्तिराज राई, र संघिय खम्बुवान लोकतान्त्रिक पार्टिको तर्फ बाट किरण खम्बुको हस्ताक्षर रहेको उक्त पार्टिको पार्टी एकताको घोषणा पत्रमा भनिएको छ,

” नेपालमा शताब्दियौ देखि,आफ्नै मातृ भूमिमा शोषण,उत्पीडन,र विभेदमा पारिएका उत्पिडित जातिहरुको मुक्तिका लागि आ-आफ्नै भूमिकामा संघर्ष गर्दै,आएको संघिय खम्बुवान लोकतान्त्रिक पार्टि नेपाल र किरात पार्टि एउटै उदेश्य र लक्ष्य बोकेर संघर्षरत थियौ । भूगोल एउटै भए पनि, किरात खम्बुवान भूमिमा, विभाजित दुई मनोविज्ञान किरात र खम्बु विकास भईरहेको अवस्थाले हामि मुक्तिकामी जनतामाथि, शासन गर्दै आईरहेको एकात्मकवादी राज्य सत्तालाई नै फाईदा हुने हुँदा,किरात खम्बुवान भूमिमा बसोबास गर्ने सबै जातिका जनताहरुको मुक्तिको लागि,किरात खम्बुवान भूमिमा एकीकृत मनोविज्ञानको आवश्यकतालाई महशुस गरि,वर्तमान अवस्थामा किरात र खम्बु दुई मनोविज्ञानलाई समायोजन गरि,किरात खम्बुवान लोकतान्त्रिक पार्टि स्थापना भएको ऐतिहासिक घोषणा गरेका छौं भनि,जानकारी गरिएको छ” ।

अब पार्टिले शसक्त ढंग बाट अगाडि बढ्ने नयाँ “किरात खम्बुवान लोकतान्त्रिक पार्टी”का अध्यक्ष किरण खम्बुले सूचना खबरलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *