संखुवासभा कारागार प्रकरणः ७ प्रहरी र ८ कैदीबन्दी थुनामा

२९ भदौ, काठमाडौँ : संखुवासभा जिल्ला अदालतले संखुवासभा कारागारभित्र दुई कैदीको मृत्यु प्रकरणमा अभियुक्त १५ जनालाई कारागार चलान गर्न आदेश दिएको छ ।

उनीहरुलाई प्रारम्भिक अनुसन्धानका लागि कारागार पठाइएको छ । न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले धनकुटाका ७ प्रहरी र तेह्रथुम कारागारमा ८ जना कैदीलाई थुनामा राख्न आदेश दिएको हो । कारागार विभाग र जिल्ला सुरक्षा समितिको समन्वयमा उनीहरुलाई यसअघि नै सम्बन्धित कारागारमा पठाइएको थियो ।

खाँदबारी जिल्ला कारागारमा कार्यरत प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी र सुरक्षागार्ड सुमन गुरुङ, दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, हवल्दार मनिष राई, हवल्दार पवनकुमार महतो र नुशन राईसहित सात प्रहरीलाई धनकुटा पठाइएको छ । प्रारम्भिक अनुसन्धानको लागि जेल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *