सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक

६ भदौ, काठमाडौं : सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको छ ।

किरातीका बुबा लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित थिए । भने आमाको यसअघि नै निधन भइसकेको थियो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री किरातीले बुवाको निधन भएको जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘भखरै वुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रध्दाञ्जलि ! ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *