श्रीलंकाली राजदूत र् अमेरीकी राजदूतको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट

prachandaमंसीर २० काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि श्रीलंकाली राजदूत डब्लुएस पेरेलाले शिष्टाचार भेट गरेको छ ।
सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले नेपाल र श्रीलंकाबीच पुरानो सांस्कृतिक, धार्मिक सम्बन्ध र एकता रहेको बताए। भेटमा प्रधानमन्त्रीले सार्क र दक्षिण एसियाको विकास र समृद्धिमा नेपाल श्रीलंकासँग मिलेर काम गर्न ईच्छुक रहेको भन्दै भूकम्पको पूनर्निर्माणमा श्रीलंकाले गरेको सहयोगका लागि धन्यवाद दिएकाछन ।
भेटमा श्रीलंकाली राजदूतले, आगामी वर्ष नेपाल र श्रीलंकाबीच दौत्य सम्बन्ध कायम भएको ६० औं वर्षको अवसरमा प्रधानमन्त्रीलाई श्रीलंका भ्रमणका लागि निमन्त्रणा गरेको छ ।
यसैगरी,आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसले पनि शिष्टाचार भेट गरेको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टेप्लिसबीच नेपालको समसामयिक राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय एवं यसको व्यवस्थापन सम्बन्धि कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्रीले संविधान कार्यान्वयन गर्न सरकार गम्भीर रुपमा सहमतिको प्रयासमा लागेको जानकारी दिँदै सबै पार्टीहरु समझदारीकै माध्यमबाट संविधान कार्यान्वयनको प्रक्रियामा आउने बताए ।

प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया र द्धन्द्धको व्यवस्थापन मौलिक भएको भन्दै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको प्रतिवेदनका आधारमा संक्रमणकालीन न्यायको व्यवस्थापन गरिने बताउनु भयो । भेटमा प्रधानमन्त्रीले भर्खरै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन र अमेरिकामा रहेका नेपालीहरुको भविष्यबारे पनि चासो राखेको थियो ।

राजदूत टेप्लिसले नेपालको राजनीतिक प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको, अमेरिका सधै नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको भन्दै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन परिणामले नेपाल र नेपालीमा कुनै नकारात्मक असर नपार्ने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *