श्रीमान श्रिमतीबीच विवादहुँदा दुई महिनाको नाबालकको मृत्यु

२२ साउन, काठमाडौँ : बागलुङको निसीखोला गाउँपालिका–४ बडाचौरमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीमा अनुसार पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना विक रहेका छन् ।

साउन १८ गते बिहीबार राति श्रीमान र श्रिमतीबीच विवाद भएको थियो र विवादको क्रममा बालकलाई तानातान गर्दा आफ्नै घरभित्र भुईमा खसी बझारिएपछि घटनास्थलमै बालकको मृत्यु भएको बताइएको तीन दिनपछि मात्रै प्रहरीले घटनाको विषयमा जानकारी पाएको थियो ।

त्यसलगत्तै प्रहरीले हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *