शौचालयको ढोकामा अवार्ड झुन्ड्याउँछु: नसीरुद्दीन शाह

काठमाडौं । बलिउडका अभिनेता नसीरुद्दीन शाहले आफ्ना लागि अवार्ड कार्यक्रमको कुनै महत्व नरहेको बताएका छन्।

उनले दमदार अभिनयका लागि आफूले पाएका सबै अवार्ड शौचालयको ढोकाको ह्याण्डलमा झुण्ड्याएको खुलासा गरेका छन्। ‘मेरा लागि फिल्म फेयर जस्तो अवार्डले पनि महत्व राख्दैन। मेरो एक फार्म हाउस छ, जहाँको ट्वाइलेट हेण्डलमा यी सबै अवार्ड झुण्डिइरहेका छन्’ उनले भनेका छन्।

नसीरुद्दीनको बुझाईमा यी ट्रफीको कुनै मूल्य छैन। उनले जब पहिलोपटक अवार्ड पाएका थिए, त्यो बेला उनी निकै खुशी भएका थिए । ‘त्यसपछि मैले धमाधम अवार्ड पाउन थालें। जुन काम मेरो करियरको सुरुवातमा भयो। पछि मलाई थाहा भयो कि जुन अवार्डको यो लामो नतिजा छ, यो मेरो कामले गर्दा पाएको छैन’, उनले खुलाए। उनले आफ्ना लागि पद्मश्री, पद्मभूषण जस्ता अवार्डको मात्र महत्व हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *