शेरबहादुर र आरुशीलाई नचाउदै नेत्र किराती इलाममा (फोटो फिचर सहित)

ईन्द्र जिजीबिषा / काठमाडौ- “उड्यो लौ उड्यो लौ हावामा कपाल” गीतको छायांकन सम्पन्न भएको छ । पछिल्लो समयमा अति व्यास्त मोडेल आरुशी मगर र एकपछि अर्को सफलता हात पार्दै चर्चाको शिखरमा पुगेका शेरबहादुर मगर अभिनित यो गीतको म्युजिक भिडियो पूर्वी नेपालको रमणिय स्थानहरु धरान,इटहरी र इलाममा छायांकन गरिएको हो ।

आरुशी मगरले सयौ म्युजिक भिडियोहरुमा काम गरिसकेकी छन् भने शेरबहादुरको यो भन्दा अगाडि, “खुशे” “कुन तराजुले” जस्ता आधा दर्जन भन्दा बढि म्युजिक भिडियो सार्वजनिक भईसकेको छ भने, “छुटेको त्यो साथ” भिडियो सम्पादनको क्रममा रहेको छ ।

यो गीतको म्युजिक भिडियोलाई पछिल्लो समयका व्यास्त तथा कुशल निर्देशक नेत्र किरातीले निर्देशन तथा मोडेल आरुशी मगरले कोरियो ग्राफ गरेका छन् । दर्जनौ म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक किरातीको यो भन्दा अगाडि क्रमश “खुशे” “कुन तराजुले” बजारमा छ भने सम्पादनको क्रममा “छुटेको त्यो साथ” रहेको छ ।

छायांकन सम्पन्न भएको गीतको शब्द रचना जीवन लुईटेलले गरेका हुन् भने,पुष्कर सुनुवारले एरेन्ज गरेका छन् । यो गीतमा ज्योति मगर र पुष्कर सुनुवारको स्वर रहेको छ भने कुशल छायाकार ओम प्रसाईले यो गीतको भिडियो खिचेका छन् ।

छायांकनको क्रममा खिचिएका केहि तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *