शुक्रबारदेखि हलमा लाग्यो दीपेन्द्र लामाको ‘नांगो गाउँ’ र झरना थापाको ‘एक भगवत् गीता’

२९ भदौ, काठमाडौँ : शुक्रबारदेखि दुई नेपाली फिल्म रिलिज भएका छन् । दयाहाङ राई र मिरुना मगर स्टारर ‘नांगो गाउँ’ र बिपिन कार्की, सुहाना थापा र धिरज मगर स्टारर ‘एक भगवत् गीता’ प्रदर्शनमा आएको छ ।

दीपेन्द्र लामा निर्देशिन फिल्म ‘नांगो गाउँ’ मा दयाहाङ र मिरुनासहित शिशिर बाङ्देल, कार्म, साम्राज्ञी शाह, बुद्धि तामाङ, रविन्द्र झाको शीर्ष भूमिका छ ।

फिल्मको लम्बाइ २ घण्टा २८ मिनेट रहेको यो फिल्मलाई सोसल ड्रामा र पोल्टिकल कमेडी जनरामा राखिएको छ ।

झरना थापा निर्देशित फिल्म ‘एक भगवत् र एक गीता’ मा बिपिन कार्की, सुहाना थापा, धीरज मगरको शीर्ष भूमिका छ । भने फिल्मको लम्बाइ २ घण्टा २० मिनेट तय छ । र फिल्मलाई सोसल–ड्रामा जनरामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *