शिक्षक आन्दोलनको दोस्रो दिनः ट्राफिक व्यवस्थापनमा अराजकता

४ असोज, काठमाडौँ : सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा हिजोदेखि सुरु भएको आन्दोलनलाई शिक्षकहरुले जारी राखेका छन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलनका कारण काठमाडौंको माइतीघर र बानेश्वर क्षेत्रमा शिक्षकहरु आन्दोलनमा उत्रिएकाले काठमाडौं उपत्यकाको यातायात प्रभावित भएको छ । थापाथली, माइतीघर, सिंहदरबार, नयाँ बानेश्वरलगायत क्षेत्रमा ट्राफिक व्यवस्थापनमा पूर्ण अराजकता छ । शिक्षक आन्दोलनका कारण काठमाडौं उपत्यकाको यातायात प्रभावित भएको छ । शिक्षक आन्दोलनमा उत्रिएपछि सामुदायिक विद्यालयका पठनपाठन पनि ठप्प भएको छ ।

महासंघले हालको विधेयकमा सरुवा, बढुवा, पदको आवश्यकता, स्थानीय नगरपालिका मातहतमा नबस्ने लगायतका माग राख्दै १८ बुँदे माग राखेको छ र महासंघले आफ्नो विरोध प्रदर्शन गरेको जनाएको छ । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *