शिक्षक आन्दोलनका कारण एकीकृत समाजवादीको बैठक स्थगित

४ असोज, काठमाडौँ : शिक्षक आन्दोलनका कारण ट्राफिक जाम भएपछि नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ ।

पार्टी कार्यालयमा बिहान १०ः३० बजेका लागि बोलाइएको बैठक नेताहरु कार्यालयमा पुग्न नसक्दा स्थगित गरिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । ‘शिक्षक आन्दोलनका कारण सडक जाम भएको छ, नेताहरु आउन नसकेकाले बैठक स्थगित गरिएको छ,’ खतिवडाले भने, ‘बैठक शनिबारका लागि सारिएको हो ।

पार्टीले आगामी असोज १ गतेबाट सुरु हुने मेचिकाली अभियान र अन्तरदलीय निर्देशनका बारेमा छलफल गर्ने कार्यक्रम थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *