शाहरुख खानको अहिलेसम्मकै महंगो फिल्म ‘जवान’ सेप्टेम्बर ७ मा रिलिज हुने

३२ साउन , काठमाडौं : रेड चिल्लीज इन्टरटेनमेन्टको प्रस्तुति रहेको र गौरी खान निर्माता र गौरव वर्मा सहनिर्माता रहेको आगामी सेप्टेम्बर ७ रिलिज हुने तयारीमा रहेको फिल्म ‘जवान’ बलिउडका अभिनेता शाहरुख खानको अहिलेसम्मकै महंगो फिल्म मानिएको छ ।

हिन्दीका साथै तमिल र तेलुगू भाषामा रिलिज हुने यस फिल्म ३०० करोड भारुमा बनेको हो र यसको लगानी उठाउन पनि उछाल कमाइ गर्नुपर्ने चुनौती छ ।

एटलीद्धरा निर्देशित यस फिल्ममा शाहरुखका साथै विजय सेतुपति, नयनतारा, प्रियामणि, सान्या मल्होत्रा र रिद्धि डोगराको मुख्य भूमिका छ । भने फिल्ममा दीपिका पादुकोण पनि विशेष भूमिकामा देखिंदैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *