शासकहरु आरामले सुत्न नपाउने गोपाल किरातीको चेतावनी

ईन्द्र जिजीबिषा / काठमाडौ- पुर्व मन्त्री तथा माओवादी केन्द्रका नेता गोपाल किरातीले शासकहरु आरामले सुत्न नपाउने चेतावनी दिएका छन् । सरकारले बिराटनगरलाई प्रदेश नं १ को अस्थाई राजधानी तोके संगै काठमाडौको कुर्सीमा बिराटनगर उक्लिएको बताएका हुन् ।

नेता किराती भन्छन्, “किरात र लिम्बुवानका जनताका निम्ति अवसरका कुरा हो कि, क्षेत्रीय उत्पिडनकारी काठमाडौको कुर्सीमा बिराटनगर उक्लियो ? इतिहास र सामुदायिक पहिचान आन्दोलन संगै बिराटनगर उत्पिडन बिरुद्ध पनि किरात र लिम्बुवानका जनताले लड्नै पर्यो ।”

सरकारले प्रदेशको अस्थाई राजधानी घोषणामा मनोमानी गरेको बताउदै “क्षेत्रीय उत्पिडन अन्त्य गर्न पनि छुट्टै राज्य किरात र लिम्बुवान माग्नेको घनत्व बढ्यो” भनेका छन् ।

पुर्व मन्त्री तथा माओवादी नेता किरातीले चौध जिल्लाको प्रदेश कायम राख्ने हो भने,कोशी टप्पुमा राजधानी बनाउनु पर्ने बताएका छन् । “जुन नयाँ सहरीकरण प्रचुर सम्भावना भएको तथा माओवादी अभ्यासमा किरात लिम्बुवान र कोचिला राज्यको संगम रहेको पनि नेता किरातीले बताएका छन् । यसरी नै मनोमानी गर्दै गए शासकहरु आरामले सुत्न नपाउने नेता किरातीले चेतावनी समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *