व्यावसायी समाज इपोद्वारा बनभोज कार्यक्रम सम्पन्न

सूचना खबर,मंसिर ११ मलेशिया-मलेशियाको इपोस्थित व्यावसायी समाज इपोद्वारा हिजो बनभोज कार्यक्रमको आयोजना सम्पन्न भएको छ ।

बैदेशिक रोजगारको निम्ति मलेशिया नेपालीहरुको प्रमुख गन्तव्य स्थान हो । सरकारी तथ्यांकमा ५ लाखको हाराहारीमा देखिए पनि त्यहाँ करिब ८ लाख नेपालीहरु रहेको अनुमान गरिएको छ । ति मध्य करिब हजारको हाराहारीमा नेपालीहरु विभिन्न व्यापार व्यावसायमा लागेका छन् । क्वालालम्पुर,जोहर,पेनाङ्ग,मलक्का क्लाङ्ग, इपो लगायत अन्य ठाउँहरुमा नेपाली व्यावसायीहरु धेरै रहेकाछन् । परदेशमा रहेर, श्रम गरेर बाँकी रहेको समयमा कुनै एक ठाउँ जम्मा भएर,परदेशको पिडा भुलाउन रमाइलो गर्ने गर्दछन् । बनभोज कार्यक्रमको खासै उदेश्य नभए पनि, थकान र टेन्सन बाट एकैछिन भए पनि टाढा रहेर रमाइलो गर्ने माध्यम हो ।

व्यावसायी समाज इपोद्वारा आयोजित बनभोज कार्यक्रममा, इपोका नेपाली व्यावसायी युवराज साम्पाङ्ग लगायत इपोका अन्य व्यावसायीहरु,जोहर बाट त्यहाँ पुगेका व्यावसायी बलबहादुर राई र मोहन राई , आइ एम ई इपो इन्चार्ज गोपाल प्रसाद पौडेल उपस्थित थिए ।

बनभोज कार्यक्रमको थप जानकारीमा फोटोहरु यहाँ हेर्नुहोस

balabahadur rai 15179077_1199083270162595_5655642965645538015_n banabhoj2 banabhoj banabhoj4 banabhoj5 banabhoj6 banabhojs bhanabhoj1

Leave a Reply

Your email address will not be published. Required fields are marked *