व्यवसायीको समस्या समाधान गर्न सरकार लाग्नेछः उपराष्ट्रपति रामसहायप्रसाद यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यवसायीको समस्या समाधान गर्न सरकार पूर्ण रुपमा लाग्ने बताएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको टोलीसँग आज भएको भेटमा उनले व्यवसायीको समस्या राष्ट्रिय समस्या भएकाले उक्त समस्या समाधानमा सरकार लाग्ने बताएका हुन् ।

“राष्ट्रपति ज्यूले भर्खरै संसद्मा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले व्यवसायीको समस्या समाधान गर्ने विश्वास मैले लिएको छु, आउने बजेटले व्यवसायीको समस्या समाधान हुन्छ”, उपराष्ट्रपति यादवले भने । व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *