वीरगन्ज बाल हिरासत केन्द्रबाट १५ जना थुनुवालाई भक्तपुर फिर्ता पठाउने सहमति

२८ भदौ, काठमाडौँ : भक्तपुर बाल हिरासत केन्द्रबाट ल्याइएका १८ किशोर थुनामा रहेका १५ मध्ये १५ जनालाई फिर्ता पठाउने सहमति भएपछि वीरगन्ज बाल हिरासत केन्द्रको अवस्था नियन्त्रणमा आएको छ ।

तीन साताअघि भक्तपुरबाट ल्याइएका १८ किशोर थुनामा रहेका र वीरगन्जस्थित बाल हिरासत केन्द्रका प्रारम्भिक बन्दीबीच मंगलबार राती झडप भएको थियो । झडपमा ११ बन्दी र ३ प्रहरी घाइते भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरालाल रेग्मीले भक्तपुरबाट ल्याइएका १८ मध्ये १५ जनालाई फिर्ता पठाउने सहमति भएपछि मात्रै स्थिति नियन्त्रणमा आएको बताए । भक्तपुरबाट आएका बालबन्दीले यहाँ नबस्ने भन्दै विरोध गरेका थिए । सोही विषयलाई लिएर त्यहाँ रहेका बन्दी दलका नेतासँग झगडा र झडप भएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

भदौ २१ गते भक्तपुरको बाल हिरासत केन्द्रबाट बाहिरिएका मध्ये १८ बालबालिकालाई वीरगन्जस्थित बाल हिरासत केन्द्रमा ल्याइएको थियो । विगतदेखि यहाँ १३१ किशोर थुनामा रहेका छन् । त्यहाँ हाल एक सय ४९ जना थुनुवा भएपनि बालबन्दाबन्दी केन्द्रको क्षमता ६० जना मात्रै रहेको प्रजिअ रेग्मीले बताए । अदालतको फैसलाका बेला नाबालिग रहेका बाल हिरासत केन्द्रका कैदीबन्दीको उमेर २५ देखि २६ वर्ष पुगेको भए पनि अदालतको फैसला नआएसम्म उनीहरूलाई कारागारमा राख्न नमिल्ने प्रजिअ रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *