विश्वकप छनोट खेलमा वेस्ट इन्डिजसँग हार्‍यो नेपाल

काठमाडौं ।आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले दोस्रो हार बेहोरेको छ।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा नेपाललाई दुई पटकको विश्व विजेता वेस्ट इन्डिजले १०१ रनले पराजित गर्‍यो।

वेस्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याएको नेपाल २ बल खेल्न बाँकी छदा २३८ रनमा अलआउट भयो।

नेपालका लागि आरिफ शेखले अर्धशतक प्रहार गरे। उनले ६३ रन जोड्ने क्रममा ९३ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *