विश्वकप छनोटअघि नेपालले दुई टिमसँग ‘वार्म अप’ खेल खेल्ने

जिम्बावेमा आगामी महिना हुने आइसिसी विश्वकप क्रिकेट छनोट अघि नेपालले दुई वटा ‘वार्म अप’ खेल खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ क्यानले नेपालले युएई र ओमानसँग वार्म अप खेल खेल्ने जानकारी दिएको हो। यी दुबै समूह एकदिवसीय मान्यता प्राप्त हुन्। दुबै खेल जिम्बावेमै हुनेछन्।

जिम्बावेको राजधानी हरारेमा नेपालले ३० जेठमा युएई र ३२ जेठमा ओमानसँग खेल्नेछ।

विश्वकप छनौटमा पहिलो खेल नेपालले आयोजक जिम्बावेसँग असार ३ गते खेल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *