विराटनगरमा नेता तथा कार्यकर्ता गिरफ्तारको घोर भर्त्सना गर्दै, एमालेलाई दिएको समर्थन फिर्ता गर्न गोपाल किरातीको माग

काठमाडौं ६ फागुन – नेकपा माओवादी केन्द्रका केन्द्रिय नेता, एक नम्बर प्रदेशका इन्चार्ज तथा नेकपा माओवादी केन्द्र महाधिवेशन अायोजक समूहका संयोजक गोपाल किरातीले राष्ट्रिय युवा जनस्वयमसेवकको कार्यक्रममाथि प्रहरी हस्तक्षेपविरुद्ध अापत्ति जनाएका छन् । किरातीले एक प्रेस विज्ञप्ति जारि गर्दै नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनमाथि प्रहरीले गरेको हस्तक्षप र गिरफ्तारीप्रति विरोध जनाएका हुन् ।

शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्न निर्देशन दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य अातंक सुरु गरेको संयोजक किरातीले बताएका छन् । किरातीले तानाशाही शैलीमा गिरफ्तार गरिएका नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ सहित सम्पूर्ण नेता-कार्यकर्ताको प्रेस विज्ञप्ति मार्फत रिहाईको माग समेत गरेका छन् ।

त्यसैगरी संयोजक किरातीले प्रधानमन्त्री ओलीले शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गरेर राज्य अातंक सुरु गरेको भन्दै माओवादी केन्द्रले नेकपा एमाले पार्टीलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अाग्रह समेत गरेका छन् ।

अाइतबार विराटनगरमा आयोजित तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी भएका पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट्‍ब्यूरो सदस्य पदम राईसहित २ सय जना नेता कार्यकर्तालाई गिरफ्तार गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *