रमेश लाअोतीको अध्यक्षतामा पापोहाङ लाअोती सयङ दक्षिण कोरिया गठन

कोरिया – रोजगारीको सिलशिलामा कोरियामा रहेका लाअोतीहरुको एक भेलाले पापोहाङ लाअोती सयङ दक्षिण कोरिया गठन गरेको छ। गत फागुन चार गते कोरियाको राजधानी सउल स्थित नाङ्लो रेष्टुरेन्टको सभाहलमा अायोजित भेलाले सयङ गठन गरेको हो।

उक्त भेलामा सयङ गठनको अौचित्य बारे बोल्दै सयङका संरक्षक हुकुम लाअोतीले पारिवारिक सद्भाव,मेलमिलाप र परदेशमा लाअोती बन्धुहरु माथि अाई पर्न सक्ने विविध समस्याहरुको समाधान गर्नको लागि सयङ गठन गरिएको बताए ।

उक्त भेलाले सर्वसम्मत बाट अध्यक्षमा रमेश लाअोती,उपाध्यक्ष द्वय मन्जु लाअोती,राम कुमार लाअोती, सचिव ईन्द्रजीत लाअोती, सह सचिव जेनिस लावती, कोषाध्यक्ष केहेरमान लाअोती, सह कोषाध्यक्ष हेमकला खापुङ लाअोती र अाठ जना सक्रिय सदस्य सहित पन्ध्र जनाको कार्य समिति गठन गरेको छ।

सभामा बोल्दै नव निर्वाचित अध्यक्ष रमेश लाअोतीले विश्वमा छरिएर रहेका लाअोतीहरुमा पारिवारीक एकता र सहकार्यका साथै भाषा,संस्कृति र परम्पराको संरक्षण र संबर्धन गर्दै कोरियामा अाकस्मिक भैपरि अाउने अापत विपत र समस्याहरुको समाधानमा सहयोग पुर्याउने लाअोती सयङ कोरियाको मूख्य उद्देश्य रहेको बताए । साथै उनले सयङ एउटा विशुद्ध पारिवारिक संगठन भएकोले यसमा कुनै पनि जातिय,धार्मिक र राजनितीक गन्ध अाउन नहुने र त्यस्तो नजरले नहेरी दिन पनि अनुरोध गरे ।

भेला पश्चात् रमेश लाअोतीको अध्यक्षतामा बसेको प्रथम बैठकले कोरियामा रहेका बाँकी सम्पूर्ण लाअोती बन्धुहरु स्वत साधारण सदस्य रहने र प्रत्येक सदस्यहरुबाट मासिक रुपमा लेभि उठाउने निर्णय गरेको छ।

लेभि बापत संकलन भएको रकम कोरियामा रहेर रोजगारी गरिरहेका लाअोतीहरु कुनै दुर्घटनामा परेमा,बिरामी वा अन्य कुनै समस्यामा परेमा उनीहरुलाई राहत स्वरुप प्रदान गर्ने निर्णय गरेको छ।सो बैठकले राम लाअोती, हुकुम लाअोतीलाई सयङको संरक्षक साथै बिष्णु लाअोती,पूर्ण बहादुर लाअोती र डिल्ली लाअोतीलाई सयङको सल्लाहकारमा मनोनित गरेको छ।

उक्त कार्यक्रम किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष सुन्दरदीप अाङ्देम्बेको प्रमूख अातिथ्य तथा राम लाअोतीको संयोजकत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा कियाचु कोरियाका बरिष्ठ उपाध्यक्ष अग्नि पन्धाक, संचारकर्मी डम्बर सुब्बा र कोरियामा रहेका करिब एक सय जना लाअोतीहरुको उपस्थिती रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *