विराटनगरको प्लाष्टिक उद्योगमा आगलागी हुदाँ तीन करोड बराबरको क्षति

२४ साउन , काठमाडौँ : विराटनगर महानगरपालिका १४ मा रहेको एमएम प्लाष्टिक उद्योगमा बुधबार बिहानको राति करिब १ बजे आगलागी भएको छ ।

प्लाष्टिकका सामग्री उत्पादन गर्दै आएको उद्योगको तीन तले भवनको भुईं तलामा रहेको ‘यूपीएस रूम’ मा आगलागी भएको र आगलागीका कारण करिब तीन करोड बराबरको क्षति भएको साथै उपकरणहरु जलेको प्रहरीले बताएको छ ।

करिब दुई घण्टापछि नेपाल प्रहरी र विराटनगर महानगरपालिकाबाट गएका दुईवटा दमकलले आगो नियन्त्रणमा लिएका थिए । इन्भटरको ब्याट्री सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *