विपिनको जन्मदिनको अवसरमा पारी ‘पशुपतिप्रसाद २ : भष्मे डन’ को टिजर सार्वजनिक

भदौ, काठमाडौं : अभिनेता विपिन कार्कीको जन्मदिनको अवसरमा पारी मंगलबार प्रतीक्षित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’ को टिजर सार्वजनिक भएको छ ।

दीपेन्द्र के खनालको निर्देशनमा बनेको यस फिल्मको पटकथा र निर्माण खगेन्द्र लामिछानेको छ । भने फिल्ममा विपिनसहित सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापा मगर, विभु पौडेल र प्रकाश दाहालको अभिनय रहेको छ ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा नीरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुसालको संगीत छ ।
टिजरमा सुनको दाँत लगाएको हुलियामा भष्मे डन उर्फ विपिनलाई देख्न सकिन्छ । फिल्म आगामी बडादशैंको फूलपातीबाट सिनेमा प्रदर्शनमा आउने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *