विद्युत प्राधिकरणले दुई महिनामा भारतमा ५ अर्बभन्दा बढीको विद्युत निर्यात

५ असोज, काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो दुई महिनामा भारतमा रु ५ अर्ब ४३ करोडभन्दा बढीको विद्युत निर्यात गरेको छ ।

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा प्राधिकरणले करिब १ अर्ब ९५ करोड रुपैयाँको विद्युत् आपूर्ति गरेको छ भने भाद्र महिना (अगस्ट १८–सेप्टेम्बर १७) मा तीन अर्ब ४८ करोड रुपैयाँको विद्युत् निर्यात भएको छ । मासिक औसत बिक्री मूल्य क्रमशः प्रति युनिट रु ८.१३ र रु १२.२७ प्रति युनिट र दुई महिनाको औसत मूल्य प्रतियुनिट रु १०.३७ रहेको छ । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (IEX) को डे-अहेड मार्केट (DAM) मा भारतलाई वर्षामा अतिरिक्त बिजुली आपूर्ति गर्दछ।

मध्यकालीन विद्युत सम्झौताअनुसार भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लिमिटेडलाई करिब ११० मेगावाट विद्युत् निर्यात गरिएको छ । भारतको ऊर्जा मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपालबाट ६ सय ३२ मेगावाट विद्युत् आयात गर्न अनुमति दिएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले दुई देशबीचको विद्युत व्यापार सम्बन्धले विदेशी मुद्रा सञ्चितिमा योगदान पु¥याएको र नेपालले भारतसँग भोग्दै आएको ठूलो व्यापार घाटा घटाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *