विद्युत प्राधिकरणले गर्यो भारतलाई थप बिजुली बेच्ने अनुमति प्राप्त

२० भदौ काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले थप १८० मेगावाट विद्युत भारतलाई बिक्री गर्न अनुमति दिएको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले रातोपाटीलाई भने, “हामीले पहिले नै [थप बिजुली बेच्न] अनुमति मागेर प्रस्ताव पठाएका थियौँ, अहिले अनुमति दिएका छौँ।” थप बिजुली १ देखि २ दिनभित्र भारत निर्यात हुने पनि उनले बताए ।

हाल भारतमा ४ सय ५२ मेगावाट बिजुली निर्यात भइरहेको छ । भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *