विद्युत उत्पादन कम्पनी (भीयूसीएल) को अधिकृत मा बखतबाहदुर शाही

१८ साउन, काठमाडौं : विहान बसेको विद्युत उत्पादन कम्पनी (भीयूसीएल) को सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बखतबाहदुर शाही नियुक्त गरेको छ ।

उनको नियक्तिसँगै प्रदेश पूर्वाधार विकास प्राधिकरण, लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले नियुक्तिका लागि गरेको प्रयास असफल भएको छ ।तर, विद्युत विकास विभागका महानिर्देशक चिरञ्जीवि चटौत नेतृत्वको छनोट समितिले गरेको सिफारिसका आधारमा शाही नै नियुक्त भएका हुन् । शाही र पोखरेलसँगै देवेन्द्र केसी, नरेन्द्रसिंह भण्डारी, रणबहादुर थापा र राजु श्रेष्ठ अन्तिम प्रतिस्पर्धामा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *