विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबार अगाडि प्रदर्शन गर्ने १६ जना पक्राउ

५ असोज, काठमाडौँ : मोहन वैद्यकिरण नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का १६ जना पक्राउ परेका छन् ।

विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार सिंहदरबार अगाडि प्रदर्शन गर्न थालेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनमा उत्रिएका अनेरास्ववियु (क्रान्तिकारी) का संयोजक मिलन राईसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले सिंहदरबार सर्कलमा लगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *