विद्यालय बन्द गर्नेहरूलाई कारबाही गर्ने मेयर शाहको चेतावनी

काठमाडौं।सामुदायिक विद्यालय बन्द गर्नेहरूलाई कारबाही गर्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चेतावनी दिएका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ ।

परिषद्ले आफूहरूको माग सम्बोधनका लागि दबाब दिने उद्देश्यका साथ बन्दसहितको आन्दोलनको घोषणा गरेको हो।

सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनेर आएको समाचारप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको शाहले बताएका छन्।

मेयर शाहले काठमाडौँ महानगरपालिका, महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन पनि दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *