विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गरे

१० असोज, काठमाडौँ : विश्व पर्यटन दिवसको अवसरमा आज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकलाई स्वागत गरिएको छ ।

आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट टिआएमा आएका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदान किराँतीले स्वागत गरेका छन् ।

आउने पर्यटकलाई स्वागत गर्न मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका प्रमुख संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । विश्व पर्यटन दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *