विदेशमा रहेका नेपालीले भोट हाल्न पाउनेः प्रधानमन्त्री दाहाल

१ असोज, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कारणले विदेशमा रहेका नेपाली नागरिकलाई आमनिर्वाचनमा मतदान गर्ने अवसर प्रदान गरिने बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन हाल अमेरिकामा रहेका प्रधानमन्त्री दाहालले नेपाली नागरिकलाई मतदानको अधिकारबाट वञ्चित हुन नदिने बताउनुभएको छ । आइतबार न्यूयोर्कमा नेपाली सञ्चारकर्मीसँगको भेटमा उनले विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइएको बताए ।

अर्कातिर प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आवश्यक पहल गर्न सरकार तयार रहेको बताएका छन् । सरकारले अहिलेसम्म गरेका राम्रा र सकारात्मक कामलाई ढाकछोप गरेर बदनाम गर्न केही समूह सक्रिय रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *