विकास उद्यमीद्वारा ‘पढ्न जाने’ मोबाइल एप्लिकेसन सार्वजनिक

काठमाडौ १३ चैत्र -नेपालमा पढ्ने तथा विदेशमा गएर पढ्न चाहानेहरुको लागि विकास उद्यमीद्वारा ‘पढ्न जाने’ मोबाइल एप्लिकेसन चैत्र ११ गते देखि संचालनमा आएको छ । भर्खरै स्थापना भएको सोसियल इनोभेसन हब विकास उद्यमीले ‘पढ्न जाने’ नामको मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो । यसमा नेपाल तथा विदेशका विभिन्न विश्वविद्यालयहरु तथा तिनमा रहेका विभिन्न कोर्सहरु¸छात्रवृत्तिहरु सँगै आवेदन दिने विभिन्न प्रकृयाहरुको बारेमा जानकारी पाउन सकिन्छ ।

Padna Jane
पढ्न जाने मोबाईल एप

अष्ट्रेलियाको लागि नेपाली राजदूत महामहिम श्री लक्की सेर्पा, खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष श्री माधव ढुंगेल र गेट कलेजका सिईयो श्री खेमलकाईको सहभागी रहेको कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न कलेजहरुमा अध्ययन गर्ने १५० भन्दा धेरै विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

एन्ड्रोइड मोबाइलको गुगल प्ले स्टोरमा Padnajane टाइप गरेर वा वेब एप http://www.padhnajane.com मा हेर्न सकिने यो अनलाइन स्रोतले नेपाल¸ अमेरिका¸ जापान र अष्ट्रेलियमा उच्च शिक्षा पढ्न चाहने विद्यार्थीहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षा र ट्रेनिङ ईन्स्टिच्युटहरु, कलेज¸ युनिभर्सिटी र छात्रवृत्तिका अवसरहरू खोज्न सहयोग पुर्‍याउने उद्देश्य लिएको जनाईएको छ । यसका साथै एप्लिकेसन प्रकृया¸ विदेश जान चाहिने सामाग्रीहरू तथा बिदेशमा बस्दा बिचार पुर्‍याउनु पर्ने कुराहरूको बारेमा पनि यसले जानकारी दिने छ ।

यसको निर्माण सर्च ईन्जिनको सुविधामार्फत ४०० भन्दा धेरै TVET स्कुल¸ १००० कलेजहरु¸ ४०० युनिभर्सिटीहरु र १६०० भन्दा धेरै फन्डिङ अवसरहरुबाट छानेर त्यहाँको डिग्री¸ विषय¸ लोकेसन¸ तिर्नुपर्ने पैसा¸ पुर्‍याउनु पर्ने सर्तहरू तथा डेडलाइनको आधारमा फिल्टर गर्न सकिन्छ । म्याच मेकिङ सुविधाबाट आफ्नो शैक्षिक तह¸ इच्छा र आर्थिक हैसियत अनुसार आफूलाई सुहाउँदो युनिभर्सिटी सँग म्याच गर्न पनि सकिन्छ । विद्यार्थीहरूले यसमा आफ्नो खाता बनाउन¸ मनपरेको शैक्षिक संस्था¸ छात्रवृत्ति र अन्य जानकारीहरुलई फेबरेट बनाएर सेभ गर्न सक्छन् । एकीकृत क्यालेन्डर र प्लानर सुविधाबाट डेडलाईनहरु सकिन लागेको बारेमा नोटिफिकेसन आउने छ । यतिमात्र नभई विदेश जानेहरुलाई पर्सनल स्टेटमेन्ट¸ रिज्युमी तथा अन्य कुराहरू लेख्ने टिप्स दिएर व्याक्तिगत पोर्टफोलियो बलियो बनाउन पनि यसले मद्धत गर्छ ।

देशहरुसँग सम्बन्धित छुट्टाछुट्टै जानकारीहरुले निवेदन दिने विद्यार्थीहरूलाई विदेशमा ध्यान दिनुपर्ने कुराहरु¸ स्वास्थ्य टिप्स¸ लगायत अन्य सुरक्षासँग सम्बन्धी जानकारीहरू पनि यसले प्रदान गर्दछ । संवाद गर्न मिल्ने अल्टरनेटिभ डिस्कसन फोरमले विभिन्न देशहरूमा भएका विद्यार्थीहरूलाई एकआपसमा सूचनाहरू आदानप्रदान गर्न र सेयर गर्न पनि सहयोग पुर्‍याउछ ।

पढन् जाने एल्लिकेसनको प्रयोगबाट विकास उद्यमीले छरिएर रहेका उच्च शिक्षाका अवसरहरुलाई एकै ठाँउमा ल्याउँदै त्यसको जरुरी पर्ने विद्यार्थीहरुलाई एकैठाँउबाट अपडेटेड सूचनाहरुको पँहुच दिने उद्देश्य लिएको छ । यसले विद्यार्थीहरूलाई आफूले पढ्ने विषय¸ युनिभर्सिटी र स्रोत तथा साधनहरूको बारेमा आवश्यक तयारी गर्न पनि सहयोग गर्नेछ । पढ्न चाहनेहरु सूचनाकै कारणबाट पढ्नमा वञ्चित नहुन् भन्ने नै यसको प्रमुख उदेश्य रहेको सूचना खबरलाई बताएको छ । चाँडैनै यो अनलाइन स्रोतले अन्य देशहरु थप्ने तथा नेपालमा पिछडिएका वर्गबाट पढ्न चाहनेहरुलाई छात्रवृत्ति सुविधाको पनि व्यवस्था गर्दैछ । बिकास उद्यमीले यो एप्लिकेसन युवाहरुबाट भर्खरै सुरु भएको ‘टेककुञ्ज’ आईटी कम्पनी सँगको सहकार्यमा विकाश गरेको हो ।

विकास उद्यमी विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने युवा प्रोफेसनलहरु संलग्न भएको सोसियल ईनोभेसन हब हो जसमा युवाहरूले फरक तरिकाले विकास गर्नको लागि उद्यमशील सोचहरु साटासाट गर्छन् । नेपालमा सकारात्मक परिवर्तन प्राप्त गर्नको लागि भएका र बढ्दै गरेका चुनौतिहरुको सामना गर्न नवीन र स्मार्ट समाधानका बाटो खोजी फरक ढङ्गबाट विकासको डिस्कोर्स/छलफलमा युवाहरूलाई सहभागी गराउने यसको लक्ष रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *