वालिङमा रक्तसञ्चार केन्द्र स्थापना

२० भदौ काठमाडौँ : स्याङ्जा जिल्लाको वालिङमा रक्तसञ्चार केन्द्र स्थापना गरिएको छ ।

खाँचोमा परेकालाई रगत उपलब्ध गराउने र उनीहरुको जीवन रक्षा गर्ने उद्देश्यले ग्रहौ आधारभूत अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना गरिएको हो । वालिङमा रक्तसञ्चार केन्द्र सुरु भएसँगै डायलासिस सेन्टर, प्रसूति सेवा र आकस्मिक स्वास्थ्य सेवा सहज र सुलभ हुने अपेक्षा गरिएको छ ।

रक्तसञ्चार केन्द्रबाट स्याङ्जाको वालिङ, भीरकोट, चापाकोट, गल्याङ र कालीगण्डकीका स्थानीय र पर्वतको दक्षिणी क्षेत्रका बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको समन्वयमा केन्द्र सञ्चालनमा आएको वालिङ नगरपालिकाका मेयर कृष्ण खाँणले जानकारी दिए ।

रक्त संक्रमण केन्द्रको व्यवस्थापन नेपाल रेडक्रस सोसाइटीले गर्ने छ भने नगरपालिका र अस्पताल प्रशासनले अन्य काम गर्ने नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाका अध्यक्ष दिनेश अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *