वार्म खेलमा ओमानविरुद्ध नेपाल विजयी

काठमाडौं ।आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताअघिको वार्म खेलमा नेपालले ओमानलाई २ विकेटले पराजित गरेको छ।

यसअघि खेलिएका दुई अभ्यास खेल र एक वार्मअप खेलमा पराजित भएको नेपालले चौथो खेलमा भने जित निकालेको हो।

यसअघि नेपाललाई अभ्यास खेलमा नेदरल्यान्ड्स र स्कटल्यान्ड तथा वार्म अप खेलमा युएईले पराजित गरेका थिए।

बिहीबार जिम्बावेको हरारेमा ओमानले दिएको २६८ रनको लक्ष्य नेपालले ४४.५ ‍ओभरमा ८ विकेट गुमाएर पार गर्‍यो।

नेपालको जितमा कुशल भुर्तेलले शतक प्रहार गरे। रिटायर्ड हर्ट हुनुअघि उनले १०१ रन जोडे। यस्तै भीम सार्कीले ५६ रन र रोहित पौडेलले ३१ रन जोडे।

बलिङमा ओमानका इल्यासले ४ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *