वार्म अप खेलमा नेपाल यूएईसंग तीन विकेटले पराजित

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई तीन विकेटले पराजित गरेको छ ।

पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० मध्ये ४९.५ ओभरमा अलआउट हुनुअघि दुई सय ७६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको यूएईले ४९.५ ओभरमा सात विकेट गुमाउँदै विजयलक्ष्य पूरा गरेको थियो ।

पहिलो ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याट्सम्यान आशिफ शेखले सर्वाधिक ५७ रनको योगदान गरेका थिए । कुशल भुर्तेलले ३९ रन बनाएका थिए ।

यसैगरी कुशल मल्लले ४६ रन र आरिफ शेख ३५ रन बनाएका थिए । यसका अतिरिक्त सोमपाल कामीले १५ रन बनाएका थिए । यूएईको जितमा रोहन मुस्तफाले ७८ रनको योगदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *