वाग्मती प्रदेश सभाका सभामुखले बोलाए आज सर्वदलीय बैठक

२४ भदौ, काठमाडौँ : वाग्मती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज सर्वदलीय बैठक बोलाएका छन् ।

प्रदेश सभाको बैठक सञ्चालनबारे छलफल गर्न सभामुख पाठकले आइतबार बिहान १० बजे सर्वदलीय बैठक बोलाएका हुन् । एमालेलगायत विपक्षी दलको आपत्तिपछि बैठक अवरुद्ध भएको हो । सर्वदलीय बैठकबाट सहमति हुने सम्भावनासँगै आज ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

साउन ७ गतेदेखि प्रदेशसभा बैठक बसेको छैन । सरकार र विपक्षी दलबीच सहमति हुन नसकेपछि भदौ ४ गतेका लागि बोलाइएको प्रदेशसभा बैठक तीन पटक स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *