वरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी दशघण्टे अनसनमा

१५ साउन ,काठमाडौं : नेपाली फिल्मका दुई वरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी ६१ दिनदेखि माइतीघरमा जारी रहेको धर्नामा सहकारीमा फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारवाहीको माग गर्दै दशघण्टे अनसनमा बसेका छन् ।

बसुन्धरा, चैत्यदेवी र भुवन चन्दले प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरुलाई फसेको रकम झिक्न पहल गर्न भन्दै भेटिसकेको तर कहींबाट पहल नभएपछि आफूहरु धर्नामा बस्न बाध्य भएको , आफूले रकम माग्दा पनि नपाएको र घरखर्च चलाउन समेत मुश्किल परेको भन्दै उनीहरुले आँसु बगाएका थिए ।

आफन्त र परिवारको सदस्यले जम्मा गरेको दुई करोड ६० लाख रुपैयाँ र सामाजिक संस्था भुवन चैत्य बसुन्धरा फाउण्डेसनको नामबाट सिभिल सहकारीमा जम्मा गरिएको १५ लाख रुपैयाँ समेत फसेको उनीहरुले बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *