वडाध्यक्ष रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि राष्ट्रियसभा हलमा राखिने

२१ भदौ, काठमाडौँ : काठमाडौं महानगरपालिकाका वडा नं. १६ का मुकुन्द रिजालको आज बिहान ७ः३० बजे निधन भएको ग्राण्डी अस्पतालले जनाएको छ ।

उनलाई ज्वरो र निमोनिया देखिएपछि अस्पताल लगिएको थियो । अस्पतालमा ५ दिन उपचारका क्रममा उनलाई २ दिन आईसीयूमा र २ दिन भेन्टिलेटरमा राखिएको थियो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा हलमा राखिने र त्यसपछि अन्तिम संस्कारका लागि पशुपति लगिने महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *