एउटा नमिठो सपना चल्दै थियो क्रमस ….. त्यहाँ बृहत् छलफल हुँदै थियो l म अर्कै संसारमा थिएँ,अनौठो मान्छेहरु बीच म अन्जान रमिते थिएँ l साना साना नानीहरुको जिन्दगीको मोलमोलाई हुँदै रहेछ, आमाको काखबाट नानीहरु खोसिन्दै थिए l बत्चाहरुको चिच्याहट ले त्यो पुरै हल गुन्जायमान थियो l डर लाग्दा मान्छेहरु बीच नबुझिने साउतीमा कुरो हुन्थ्यो l कोहि भन्दै थिए नानी किन्न भगवान स्वयम् प्रकट हुनु भएको छ | मलाई असाह्य भो अचम्मको होहल्ला बीच म एक्लै चिच्याई रहे,कराई रहे,रुई रहे, l डरलाग्दो दृश्यहरु बीच हजारौ आमाहरु आफ्ना बात्चाहरुको जीवन रक्षाको भिख मागिरहेका थिए l नानीहरुको सौदा भईरहेकोथ्यो,मलाई असाह्य भो …. त्यहि भिडमा मैले मेरो हजुर आमा देखे उनि भन्दै थीइन,तिमी यहाँ किन आयौ ? तिम्रो पनि पेटको बत्चा मार्ने छन् यिनीहरुले ,,, भागिहाल, तर म भागिन म जस्तै अरु आमा र ती अकालमै मारिने सिशुहरुको लागि लड्न चाहन्थे l
कालान्तरमा मैले एउटा मुद्दा तयार गरे l मेरो बहशको एजेन्डाहरु यस्तो थियो l हरेक प्राणी यो धर्तिको सर्वोत्कृष्ट सृजना हुन् l यहाँ सबैको समान अधिकार हुन्छ र हुनु पर्छ l ईस्वरको लिला समाप्ति मात्र कहाँ हो र ? सबै प्राणीहरुको रगत पसिनाले स्रिजिएको सृष्टिमा सबैले फूल्न पाउनु पर्छ,हाँस्न, नाच्न,गाउन,रुन सबै-सबै पाउनु पर्छ | मेरो आगाडी सेतो कपाल झ्याम्म लगाएका कालो बस्त्रधारीहरु देखिन्थे मेरो हात खुट्टामा नेलकडी थियो l मलाई कठघडामा चढने आदेश आयो ,, म चढे,मेरो मुद्दा पक्षको कालो बस्त्रधारी मलाई सम्झाउदै थियो l तिमीले डराउनु पर्दैन म छु l
म भन्दै थिएँ, नानीहरुको हत्या म हेर्नु सक्दिन, यदि यो ईस्वरको खेल र रहर हो भने सृष्टि किन गर्छ ? म उसको यो इच्छा पुरा हुन दिन्न ? आखिर ईस्वरले के चाहन्छ म दिन तयार छु ? वरिपरि पुरै मुर्दा घाट नै ओर्लिए झैँ देखिन्थ्यो l सबै मलाई हेर्दै हाँस्थे… नबुझिने भाषामा साउती गर्थे, कोहि मलाई लुछेर खानु तयारी रहे झैँ देखिन्थे l तर सारा आमाहरुको आत्माले मलाई पछाडी बाट पुकारी रहेथ्यो ,, हिम्मत दीइरहेथ्यो l सब भन्दा माथि रहेको सभा संचालक आफ्नो अघि हथौडा ठोकेर हल्ला नियन्त्रण गर्नु लाग्यो | म बोल्दै गए ,अलिकति बाँकी रहेको स्वाभिमान र बिक्रि नभएका परिश्रम बेचेर ईस्वरको ऋण तिरिदिन्छु l यसअर्थले कि ….. अब फेरी बाँकी रहेका नानीहरु नमरु यहाँ…. त्यो सुनेर मेरो पछाडीका थुप्रै आमाहरुले रुँदै थपडी बजाए l त्रासदीपूर्ण माहोलमा तालीको गडगडाहट भो…. मेरो पनि आत्मबल बढ्यो | म भित्र रहेको थोरै डर पनि कता हो कता भागिसकेको थियो l म निडर थिएँ l
कठघरा देखि पल्लो पट्टि लामबद्ध बृद्ध भएर हाम्रा थुप्रै पुर्खाहरु बसेर ताली पिटी रहेका थिए l मैले नियालेर हेरे, नचिनेका अनुहारमा पुरानो आकृतिहरु खोजिरहे ,जो मेरो घरको भित्ता मा सजिएका ब्लेक एण्ड वाईट तस्बिरहरुमा देख्ने गर्थे ,तर कोहि देखिन l एकै छिनको विश्रामपछि फेरी पालो आयो l भन्दै गए नानीहरु देशको कर्णधार हुन् हरेक घरलाई सुहाउने सुन्दर फूल हुन् पुरै फक्रिन पाउनु पर्छ l जन्मि नै नपाई आमाको कोखबाट ईस्वरले थुतेर लगेका नानीहरु पनि मेरो वरिपरि छुन-मुन गर्दै ताते ताते हिडेको सुने बोलाएको सुने मेरो छाती चस्किएर बेसरी दुख्यो l ति अबोध सिसुहरुको मुहारमा आमाको ममता, बाबाको माया झल्कि रहेको थियो l त्यो ईस्वरको अदालतमा उभिएर सबैको पक्षमा म एक्लै कराईरहेकी थिएँ, चिच्याई रहेकी थिएँ l मेरो चित्कार सुन्ने कोहि थिएनन् l त्यहाँबाट म उम्कने कोशिस गर्दै थिएँ ,किन कि मेरो हजुर आमाको भाग….. भाग भन्ने ईसाराले मन एकदम त्रसित र बिचल्ली थियो | मेरो पेटको बत्चालाई बचाउन चाहन्थे l तर अभाग्यबस म समातिए, मलाई पनि भित्र लगेर यस्को पेट चिर्नु भन्ने आदेश हुँदै थियो म घोप्टिएर बेसरी रुएँ गुहारे तर कोहि आएन मलाई बचाउन l
बिहानको ६ बजेको रहेछ सपनामा चिच्याउदै रुएको उहाँले सुन्नु भएछ …… के भो ?? मम्मी के भो ? भन्ने आवाजले म ब्युझिएँ l म त साची नै पो रुँदै रहेछु l म झसंग भए अतालिएर पहिले नै पेट छामे कता कता दुखे जस्तो लाग्यो निधार भरि पसिना थियो,सरिर थकित थियो l छोरोलाई हेरे मस्त निन्द्रामा थियो l अंगालो भरिको मायाले मुसार्दै मोई खाएँ l सायद , ती सब मेरो नराम्रो सपनाको असर थियो l कस्तो सपना देख्यौ ? भन्दै उहाँले सोध्नु भो ,तर मेरो सपाना मलाई नै दोहोर्याउन मन नलागेर केहि बोलिन उठेर भान्सा मा गई चिसो पानी पिएँ l
३ दिन अघि मात्र हामी डक्टर कहा पुगेर भिडिओ एक्सरे गरेर हेरेका थियौं , रिपोर्टमा छोरी भएको थाहा पाए पछि हामी कति खुसि भएका थियौं ,उहाँलाई छोरी औधि मनपर्ने हुनाले म भन्दा धेरै खुसि त उहाँ हुनुभएको थियो , सोचे के साची नै ईस्वरले मेरो पेटको छोरी …….. उफ्फ़ यस्तो अशुभ कुरो पनि कस्तो मनमा आएको होला आफुलाई आफै गाली गर्दै चिया लिएर कोठामा पुगे बाबु छोरा भुस निन्द्रामा थिए l छोराले आफ्नो सानो कलिलो खुट्टा बाबुको खुट्टा माथि चढाएको थियो l लाग्यो सायद स्वर्ग भनेको यस्तै होला ? कस्तो रमाईलो दृश्य ? एकटकले हेरेर मुसुक्क मुस्कुराउदै चिया टेबलमा छाडेर टहल्न आँगनमा निस्किएँ l एकछिन अघि कोठामा बाबु छोराको माया देखेर खुसीले चुमेको आमाको ममता सपना सम्झेर फेरी दुखि बन्यो l
उहाँ छोरो लिएर बाहिर जानु भो म बिहानको खान पानमा जुटें ,जागिरको सिलसिलामा हामी घर देखि टाढा बस्न थालेको २ वर्ष पुगेको थियो l हामी ३ जना मात्र थियौं l म ३ जना भन्थे उहाँ जहिले मेरो मुख थुनेर ४ जना भन्नु सुरु गर भन्नु हुन्थ्यो l उहाँको यस्तो अपार मायामा म अरुलाई सम्झिने फुर्सद नै कहाँ पाउथे र ?त्यसैलेहोला कहिलेकाँही आमा फोनमा भन्नु हुन्थ्यो, आमा के छ खबर ढोग गरे है ? म लाजले रातो हुन्थे , रेला मै भए पनि आमाको गुनासो म थाहा पाउथें l राती सुत्ने बेला डायरी लेख्ने बानी हामी दुवै को थियो , म खासै बाहिर नजाने हुनाले लेख्ने कुरो पनि तेती पाउँदिन थिए, तर उहाँले भने मजाले दिनभर को कुरो हरु लेखेर हामी सबैको नाम लेखि, बलिरहेको दियोको तस्बिर बनाउनु हुन्थ्यो l मलाई हेर्ने अनुमति थिएँन मतलव, अरुको डायरी पढ्न पाप हो भन्ने मेरो आफनै नियम थियो l तर एकदिन सारै हेर्न मन लागेकोले उहाँ अफिसमा रहेको समय बनाएर खुरु खुरु हेरे, उहाँले म र छोरा प्रति गरेको मायालाई सब्दमा उतारेको देखेर म त्यसै त्यसै भावुक भएँ l पिडालुको पातले सितको थोपा लुकाउन नसकी जमिनमै पोखाए झैँ,खुसीको दुई थोपा आँशु मैले पनि पोखाएँ l लेखिएको थियो, मेरो छोरा र छोरीलाई यो धर्तिमा सफल अवतरण गर्ने ममतामयी मम्मी लाई हिर्दय देखि धन्यबाद l रुँदै मेरो हजुर बुवालाई सम्झे चाडबाडमा टिका लाएर दिएको, भाग्यमानी हुनु कहिले नरुनु आँशु झरे पनि त्यो खुसि को होस् …… हजुर बुवाको यो दुईशब्दले मेरो सानो संसार सिर्जनामा ठुलो उर्जा दिन्थ्यो l
अफिस बाट उहाँ चाडै आउनु हुन्थ्यो l चाडै खाना खाएर एकछिन आँगनमामा टहलिने क्रम नियमित हुन्थ्यो त्यो दिन पनि निस्क्यौ….खानापछि मलाई कस्तो कस्तो नमिठो लाग्दै थियो, तर म उहाँलाई पिर पर्छ भनेर सानो तिनो कुरो लुकाउने गर्थे , फेरी लुकाए केहि नभए झैँ गरि एकछिन हिंडे तर सकिन,सक्दै सकिन अनि घर भित्र पसे पिसाब लागे झैँ भो l पाईखाना गएँ ,छोरो बोकेर भित्र पस्दै सोध्नु भो लक्ष्मी ? लक्ष्मी ? के भो सन्चो भएन कि कसो ?
नबोलेरै जवाफ दिए उहाँले बुझ्नु भएछ हस्पिटल फोन गर्न लाग्नु भो छोरो मेरो निधार छाम्दै तोते बोलीमा मामु ते भो भन्दै थियो l दुखाई थाम्ने असफल प्रयास गर्दा गर्दै म भक्कानिए l डक्टर आउन ढिलो गरेकोले आफै कारमा चढाई क्लिनिक पुर्याउनु भो l
भोलिपल्ट म हस्पिटलको सैयामा थिए , म त्यहाँ पुगेको पनि सपना जस्तो मात्र थाहा थियो,त्यसपछि के के भो केहि थाहा भएन , हत्त न पत्त पेट छामे केहि थिएन म तर्सिए ,, मलाई हेरेर सबै रुनु थाले , म पागल झैँ सबैलाई हेर्दै हाँस्न लागे भन्दै थिए मेरो हजुर आमाको भाग ..भाग सम्झिरहेकी थिए l म यमराज संग लड्न लागे सबै नानीहरु बचाउनु चाहेँ…. तर म हारे मैले मुद्दा हारे एकोहोरो कराउन लागे सबै अतालेर रुनु लागे घर बाट आमा आउनु भएको रहेछ ,, मलाई अगालो हालेर रुनु लाग्नु भो l बल्ल पो म रुएँ एउटी आमालाई रुवाउन अर्को आमा नै चाहिँदो रहेछ l त्यहाँ मलाई केहि भनिएन तर मैले थाहा पाईसकेकी थिए मेरो नानी नरहेको l मैले सपना मै छोरी गुमाई सकेकी थिएँ l सपना भन्दा बिपना बलियो हुन्छ भन्छन् तर मेरो छोरीले सपना मै पहिले मर्नु परेको थियो | मेरो संसार सपनाले लुटेको थियो l सपना सामु विपनाले हार्नु पर्यो यो नै मेरो जिन्दगीको सब भन्दा ठुलो हार थियो | केहि दिन हस्पिटल बसाई पछि मैले थाहा पाएँ अब फेरी कहिले आमा बन्न नसक्ने भएको रहेछु | पिर पर्छ भनेर मेरो रिपोर्ट लुकाईएको रहेछ l मेरो ओभरिमा सीस्ट पनि भएको ले एउटा सल्यक्रिया गरि फालिसकेको रहेछ मलाई सबै संग चित्त पनि दुख्यो | लाग्यो के बेहोसिमै अर्काको बेमंजुरिमा उसको अंग काट्न पाईन्छ ? फेरी सोचे मेरो छोरी त बाचेन भने त्यो नाथे अंगको के काम भन्दै चित्त बुझाएँ l छेउमा छोरो थियो,छोरो लाई बोलाएर सोधे नानी बहिनी मन पर्छ ? अ .. मन पर्छ , छोरोको यस्तो उतरले मेरो ममतामयी छाती बेसरी निचोरिएर दुख्यो ,मेरो मातृत्व मरुभूमिको काकाकुल झैँ भो | छोरो अहिले पनि बहिनी मन पर्छ भन्छ , म हरेक रातको सपनीमा छोरी पाउछु , उहाँले आफ्नो डायरी बाट छोरी को स्थान र नाम हटाउनु भो |
जानु काम्बाङ् लिङ्ग्देन (करुणा )
अक्सफोर्ड बेलायत