लिटिल वल्र्ड स्कुलमा प्रतिभाको आँगन

काठमाडौ- लिटिल वल्र्ड इङ्लीस स्कुल भक्तपुर दुधपाटीमा कक्षा १ देखि कक्षा ९ सम्म अध्ययरत विद्यार्थीहरुका लागि प्रतिभाको आँगन कार्यक्रम सम्पन्न भएको छ । पहिलो अडिसनमा ४० जना प्रतियोगीहरुले सहभागी रहेकोमा सेमी फाइनल राउण्डमा २७ जना प्रतियोगी छनौट भएका थिए । एनटिभि प्लसमा

हरेक सोमवार राती ९ :३० बजे प्रशारण हुने उक्त कार्यक्रमको टोली विद्यालयमा पुगी बालबालिकाको प्रतिभा उजागर गर्नु निकै महत्वपूर्ण कार्य भएको र हरेक विद्यालयहरुमा यस किसीमको ट्यालेन्ट शो गर्न सके विद्यार्थीहरुको लुकेको प्रतिभा प्रस्फुटनमा सहयोग मिल्ने लिटिल वल्र्ड इङ्लीस स्कुलका प्रिन्सिपल रुपेन्द्र पोखरेलले बताए ।

शुक्रवार नै भएको फाइनल राउण्डका लागि छनौट भएका १३ प्रतियोगीहरु मध्ये उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी वितिका श्रेष्ठले प्रथम स्थान हासिल गरिन् । त्यसै गरी कक्षा पाँच र छ मा अध्ययनरत विद्यार्थी प्रितिसा के. सी. र सोनु खत्रीले क्रमश द्वितिय र तृतिय स्थान हासिल गरे ।

उक्त कार्यक्रमको निर्णायक मण्डलमा नृत्य निर्देशक संघ नेपालका केन्द्रिय उपाध्यक्ष प्रदिप श्रेष्ठ, र नृत्य निर्देशक संघ भक्तपुर शाखाका अध्यक्ष द्धारिका अधिकारी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *