ललिता निवास मुद्दा: १८ प्रतिवादीको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

१५ भदौ, काठमाडौँ : बालुवाटारस्थित ललिता निवास शिविरभित्रको जग्गा हिनामिना प्रकरणमा संलग्न १८ प्रतिवादीको बयान सकिएको छ ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा १८ प्रतिवादीको बयान लिइएको हो । जिल्ला अदालत काठमाडौंले १८ प्रतिवादीको बयान सकिएको जानकारी दिएको छ । यससँगै भदौ २८ गतेदेखि सुरु भएको पक्राउ प्रतिवादीको बयान सकिएको र आइतबारदेखि थुनछेक बहस सुरु हुने भएको छ ।

ललिता निवास शिविरको ७२९६९.१६ वर्ग मिटर जग्गा दुरुपयोग भएको सिआइबीले निष्कर्ष निकालेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले २८९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जग्गा फिर्ता गराउने प्रयोजनका २१ जना मृतकलाई पनि प्रतिवादी बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *