ललिता निवास मुद्दामा मीनबहादुर गुरुङका तर्फबाट ७ जना वकिलको बहस

२० भदौ काठमाडौँ : काठमाडौं जिल्ला अदालतमा ललिता निवास शिविरभित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा दुई प्रतिवादीका तर्फबाट बहस भएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासमा मंगलबार भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङ र पूर्व सहसचिव कलाधर देउजाका तर्फबाट कानुन व्यवसायीले बहस गरेका थिए ।

देउजाका तर्फबाट अधिवक्ता सबिना शाक्य, केदार गुरागाई, वरिष्ठ अधिवक्ता हर्क भट्टराई र बाबुराम गिरीले बहस गरेका थिए ।

गुरुङको तर्फबाट वरिष्ठ अधिवक्ता सुसित पन्त, शम्भु थापा, शरद कोइराला, कोमलप्रकाश घिमिरे, अधिवक्ता मणि आचार्य, ललित बस्नेत र शम्भु पोखरेलले बहस गरिरहेका छन् ।

ललिता निवास मुद्दामा चार प्रतिवादीको बहस सकिएको छ । घटनामा संलग्न रहेको आरोपमा १८ जना अझै प्रहरी हिरासतमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *