ललिता निवास मुद्दाः मीनबहादुर गुरुङको तर्फबाट बहस सकियो

२१ भदौ, काठमाडौँ : बालुवाटारस्थित ‘ललिता निवास शिविर’भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा मीनबहादुर गुरुङको तर्फबाट बहस सकिएको छ ।

बिहीबार भाटभटेनी सुपरमार्केट सञ्चालकको तर्फबाट अधिवक्ता रमनकुमार श्रेष्ठ र उपेन्द्र केशरीले बहस गरेका थिए । हिजोको बहसमा गुरुङको तर्फबाट अधिवक्ता मणि आचार्य, शम्भु पोखरेल, ललित बस्नेत, वरिष्ठ अधिवक्ता सुशील पन्त, शरद कोइराला, कोमलप्रकाश घिमिरे र शम्भु थापाले बहस गरेका थिए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा पूर्व नापी अधिकृत घमनकुमार कार्कीका तर्फबाट बहस सुरु भएको छ । प्रतिवादीका तर्फबाट अधिवक्ता इन्द्र अधिकारी, वरिष्ठ अधिवक्ता हरिहर दाहाल र युवराज भण्डारीले बहस गरेका थिए । हालसम्म पूर्व सहसचिव कलाधर देउजासहित पाँच प्रतिवादीले बहस टुङ्ग्याएका छन् । ललिता निवास मुद्दामा अहिलेसम्म १८ जना हिरासतमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *