ललिता निवास प्रकरणमा मेरो कुनै भूमिका छैन: पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो कुनै स्वार्थ भूमिका नभएको बताएका छन्।

प्रकरणमा आफ्नो प्रमकालमा मन्त्रिपरिषदको निर्णय पनि जोडिन पुगेकाले धेरै व्यक्तिले चिन्ता गरेको भन्दै उनले १९ महिने प्रमकालमा प्रकृयागत ढंगले सयौं निर्णय भएका र तीबारे प्रमले सबै सम्झनसक्ने कुरो नहुने जिकिर गरेका छन्।

देशमा राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरूपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झांगिएको स्थितिमा ललितानिवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानवीन होस् र दोषीलाई कडाभन्दा कडा कार्वाही होस् भन्ने कुरा आफूले संसदमा र बाहिर पनि निरन्तर उठाउॅदै आएको पनि उनले बताए।

यस कुरामा आफू आजीवन प्रतिबद्ध रहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *