ललिता निवास प्रकरणको उचित छानबिन हुनुपर्छ: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा हिनामिना प्रकरणको उचित छानबिन हुनुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने–‘मेरो नाम पनि जोडिएको छ। उचित छानबिन गरी उचित न्याय हुनुपर्छ।’

यस काण्डमा मेरो पनि नाम जोडिएको छ। तर म आत्तिएको छैन। नाम जोडियो भन्दैमा कोही आत्तिनु पर्दैन। न्यायसंगत ढंगले छानबिन हुन्छ भन्नेमा मलाई विश्वास छ उनले थपे। म सहित पूर्वप्रधानमन्त्रीहरू कृष्ण भट्टराई, शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाललगायत धेरै नेताले पटकपटक सरकारको नेतृत्व गरेका छन्। सबैको नाम जोडिने कुरालाई गम्भीर रूपमा नलिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *