ललितपुरमा कुटपिटबाट एक जनाको मृत्यु

१६ साउन, काठमाडौं : ललितपुर महानगरपालिका–९, बालकुमारी च्यासलमा सामान्य विवादमा भएको झगडाहुँदा ४३ वर्षीय शंखर तामाङले सामान्य बिवादका कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ वर्षीय ज्ञानबहादुर भनिने हिम परियार रहेका छन् ।

परियारलाई उद्दार गरेर पाटन अस्पताल लगिएको थियो । तर, उपचारका उनको क्रममा मृत्यु भयो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मंगलबजारबाट खटिएको टोलीले तामाङलाई पक्राउ गरेको छ ।

थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *