लण्डनमा दर्शक हँसाउनलाई गए ‘फुलन्देको आमा’

२४ साउन , काठमाडौं : सुम्निमा इन्टरटेनमेन्टको आयोजनामा आगामी अगस्ट १९ मा बेलायतको लण्डनको अल्डरसटमा हुन गइरहेको ‘सुम्निमा साँझ’ मा कार्यक्रममा उमेश राई ‘फुलन्देको आमा’ लगायत भीषण मुकारुङ , श्याम सामसोहाङ राई, निश्चल राई, तारा लक्सम लिम्बू र जानुका राई जसता कलाकारहरुले प्रस्तुति दिने भएको छ ।
कार्यक्रमले विदेशी भूमिमा पनि नेपाली भाषीलाई मनोरञ्जन दिलाउन भूमिका खेल्ने कुरामा आफूहरुको विश्वास रहेको सुम्निमा इन्टरटेन्मेन्ट युकेका अध्यक्ष कपिल राईले बताए भने कार्यक्रमको सम्पूर्ण तयारी पनि पूरा भएको उनले बताए ।

आयोजकका अनुसार उक्त कार्यक्रमका लागि सबै कलाकार बेलायत आइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *