लक्ष्मण पौड्यालको नेपाल आईडल आलोचकहरु माथि आक्रोस

ईन्द्र जिजीबिषा / काठमाडौ १२ भदौ- सामाजिक संजालहरुमा नेपाल आईडल निष्पक्ष नभएको भन्ने आरोप लागे पछि नेपाल आईडलका निर्देशक लक्ष्मण पौड्यालको नाम भएको फेसबुक आईडि बाट आलोचकहरु माथि आक्रोस पोखिएको छ । नेपाल आईडल विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण हो । नेपाल आईडल कलाकारहरुको लागि राम्रो प्लेटफम भएपनि कार्यक्रमको बीच बिचमा राम्रो र योग्य कलाकारहरुलाई आउट गरेको र भोटिङ्ग सिस्टममा स्रोताहरुले दिएको भोट पारदर्शी रुपले सार्वजनिक नगरेको भन्दै सामाजिक संजाल भरि विरोध भएको थियो ।

निर्णयकहरुको बोल्ने शैलीको बारेमा सहभागीलाई होच्याएर बोलेको भन्दै निर्णयकहरु माथि नै आलोचना हुदै आएकोमा पछिल्लो पटक गायक रामकृष्ण ढकालले निर्णायकको कुर्सीमै बसेर निशान भट्टराई र प्रताप दासको मात्रै तारिफ गर्दा बुद्ध र सागरका समर्थकहरुले निक्कै आलोचना गरेका थिए । रामकृष्ण भन्दा अगाडि कोमल ओली, लोचन रिजाल,तुलसी घिमिरे, प्रेमध्वज प्रधान,राजन इशान, काली प्रसाद रिजाल र प्रमोद खरेल अतिथि निर्णायक भएर आई सकेका थिए तर कुनै विवाद भएको थिएन ।

यस्तै विवादपछि लक्ष्मण पौड्यालले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै आक्रोस पोखेका छन् । उनले फेसबुकमा “नेपालका अाइडलहरूलाइ कुनै जातीय रंग दिएर उनीहरूकाे क्षेत्र खुम्च्याउने अधिकार कुनै साेसल मिडियाका टपरेहरूलाइ छैन । त्यस्ता निच साेचाइका मान्छेले यी हाम्रा अाइडलहरूलाइ सहयाेग हैन ठूलाे हानी गरेकाछन् । चेतना भया ?” भनेर पोस्ट गरेका छन् ।

यस्तै उनकै पोष्टमा अलि तल तिर, डाक्टर गोबिन्द केसी आमरण अनशन र त्यो सम्बन्धि आएको समाचार प्रति लक्षित गर्दै “मेडिकल कलेजकेा कुरा जस्तै मिडियामा पनि अंकुस लगाउन पर्छ संख्या घटाउन पर्छ भनेर कसैले अनसन बस्येा भने नेपाली मिडियाले के गर्लान? कि अरूकेा भएर मात्र हेा यति धेरै लागेकाे?” भनेर लेखेका छन् ।

नेपाल आईडलको फाईनल यसरी घोषणा गरिने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *