रोल्पामा बस दुर्घटना : ४ जनाको मृत्यु, १८ जना घाइते

२३ साउन , काठमाडौँ : रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्ग अन्तर्गत त्रिवेणी गाउँपालिका ७ मा तिलाबजार नजिकै मंगलबार दिउँसो १ बजे दुर्घटना हुँदा तीन जना पुरुष र एक जना महिला गरी चारजनाको मृत्यु भएको छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालका अनुसार मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् । यस्तै बस दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको सूचना अधिकरी भुसालले बताए ।

सूचना अधिकरी भुसालका अनुसार बस सडकदेखि करिब १५० मिटर तल खसेको थियो भने बसमा करिब १९ जना यात्रु सवार रहेको र उनीहरुलाई सामान्य चोटपटक लागेको र उनीहरुकको उद्धार कार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *