श्रीकाली चौरमा जे देखियो, त्यो लेखियो – नायिका रेखा र शेरबहादुरको मस्ती (भिडियो सहित)

बिहानको समय श्रीकाली चौर अलिक हुस्सुले ढाकेको थियो । म त्यहाँ पुगेको बेहिबेरमै त्यहाँबाट हुस्सु बिस्तारै हराउदै गयो । वनभोज खानेहरु र जोडा जोडी डेटिङ्ग जानेहरु पनि बिस्तारै भेलाहुदै गए । हेर्दाहेर्दै चौर निक्कै भिडभाड हुनलाग्यो

। त्यतिकैमा एक्कासि एउटी युवती देखा परिन् । अत्यान्तै शालीन अनि सुन्दरी ति युवती त्यहाँ देखिने बितिकै एकजना युवा उनको पछि लाग्यो । ति युवतीले आफ्नो पछि लागेका युवाको कुनै मतलब गर्दैन । उनि आफ्नै पारामा श्रीकाली चौरको रमाईलो दृश्यहरू संग रमाउन थाल्छे ।

समय बित्दै गयो, हरेक दिनहरु फेरिदै गए । क्षितिजमा देखिने पहाडका अग्ला टाकुराहरु संग आफ्नो वैशालु यौवनलाई लुकामारी खेलाई रहदा ति युवकले आफ्नो पछि लाग्नु नछोडेपछि ति युवती हैरान हुन्छे । तर ति युवकको एकोहोरो माया देखेर युवतीको हृदय पग्लिन्छ ।अनि बिस्तारै बिस्तारै ति युवती आफ्नो पछिलाग्ने युवकको मायाजालमा पर्छिन् ।

दुवै जना एक-अर्काको मायाजालमा परेपछि, आफ्नो जिन्दगीको रंगीन पलहरु बिताउन सुरु गर्छन् । उनीहरु कहिले अग्ला-अग्ला पहाडका हरिया पाखाहरुमा त कहिले समथल खेतका गह्राहरूमा आफ्नो प्रेम साट्छन् ।

एकपटक ति युवकले युवतीको गालामा चुम्बन गर्छ । यतिकैमा युवती लाजले रातो पिरो हुन्छे अनि रिसाउछे पनि । तर यो बिस्तारै सब ठिक हुँदै जान्छ ।

तर, वास्तवमा ति युवतीको अर्कै साथी हुन्छ । ति युवतीले आफ्नो प्रेमीलाई भेटेपछि अर्कै तिर लाग्छिन् । केहि समय अगाडि सम्म ति युवतीको पछि लाग्ने, ति युवतीको लागि मर्न खोज्ने युवक छाँगाबाट खसे झैं हुन्छ ।

यो दृश्य हो, गायक रेवत राईको स्वर तथा संगीतमा रहेको गीत “खुसे” गेट म्युजिक भिडियो छायांकनको । उक्त दृश्यहरुलाई एक्सन र कट गरिरहेका थिए निर्देशक नेत्र किरातीले भने किरातीको एक्सन र कटमा व्यास्त थिए, मोडेल तथा नायिका रेखा फागो र मोडेल शेर बहादुर मगर । यसै दृश्यहरुलाई छायांकन गरिरहेका थिए ओम प्रसाइले । छायांकनमा उछ प्रविधिको क्यामेरा, ड्रोन र जोहनजिप प्रयोग गरिएको थियो ।

सुटिङ्ग रिपोर्ट : ईन्द्र जिजीबिषा

छायांकनको समयमा खिचिएका केहि रमाईला दृश्यहरु यस्ता छन् ।

One thought on “श्रीकाली चौरमा जे देखियो, त्यो लेखियो – नायिका रेखा र शेरबहादुरको मस्ती (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *