रुसको एक पेट्रोल पम्प विष्फोट हुँदा १२ जनाको मृत्यु

३० साउन, काठमाडौं : रुसको दक्षिणी क्षेत्रमा पर्ने डागेस्तानको पेट्रोल पम्प विष्फोट हुँदा आगलागी भएपछि केही बालबालिकासहित १२ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार गम्भीर घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । भने अहिलेसम्म विष्फोटको कारण खुलेको छैन तर स्थानीय सञ्चार माध्यमका अनुसार पेट्रोल पम्प नजिकै पार्किङ गरेको कारबाट आगलागी सुरु भएको पछि विष्फोट भएको हो र राति ९ः४० बजेति सुरु भएको आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरुलाई तीन घण्टाभन्दा बढी समय लागेको उनीहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *