रुपकुमार राईको छैटौ एल्बम ‘रुप’ सार्वजनीक (गीतको तिनवटा भिडियो सहित)

कार्तिक २० काठमाडौ,गायक रुपकुमार राईको छैटौ आधुनिक तथा गजलको एकल एल्बम रुप सार्वजनीक भएको छ । रेडियो,एफ एम,टेलिभिजन र यु ट्युब मार्फत सार्वजनीक भएको उक्त एल्बममा चार वटा गीतहरु रहेका छन् । शब्द र संगीत अनुसार स्वर भर्ना सक्ने मेलोडियस गायक रुपकुमारको यो छैटौ एल्बम हो । अरु एल्बम भन्दा पृथक धार र शैलीको गीतहरु रहेको उक्त एल्बममा पहिलो गीत चर्चा वोलको गीतलाई गीतकार डा.कृष्णहरी वरालले लेखेका छन् भने, संगीत प्राज्ञ शान्तीराम राईले चर्चा वोलको गीतलाई लयबद्ध गरेका छन्, एरेन्ज किरण कंडेलले गरेका छन् । उक्त गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र जीवन भट्टराईले शसक्त अभिनय गरेका छन् भने, भिडियो निर्देशन अर्जुन अधिकारीले गरेका छन् । यो गीतको म्युजिक भिडियोमा नायिकाले आफ्नो मन परेको युवाले आफ्नो रुप र सुन्दरताको वर्णन गरेको एउटा कल्पना गरेकी छिन भने गायक रुपकुमारले कुनै एउटी सुन्दर युवतीको चर्चा र पर्चा शहर भरि छरेका छन् ।

एल्बममा रहेको अर्को गीत सधै तिमी मुस्कुराउनु,फक्रिएको फूलसरी,सारा पिडा पन्छाएर, हाँस्नु तिमी हिमालसरी वोलको गीतलाई गीतकार वलबहादुर राईले शब्द रचना गरेका छन् भने संगीतकार सचिन सिंहले यो गीतलाई संगीत र एरेन्ज गरेकाछन् । विरह,विछोड र वेदनाले भरिएको यो गीतको शब्द अनुसार लय र एरेन्ज पक्षले पनि कलात्मक ढंगले प्रस्तुत गरेका छन् ।

यो एल्बममा रहेको तेस्रो गीत न त लगेउ मलाई साथ,बढ्यो दिलको खाटो, अध्यारोले छोप्नै छोप्यो, आफु हिड्ने बाटो वोलको गीतलाई शब्द रचना गरेका छन्, देवान चाम्लिङ्ग(पृथ्वी)ले भने यो गीतलाई लयबद्ध गरेकाछन् महेश खड्काले, एरेन्ज गरेका छन् महाराज थापाले । बिछोड पश्चात एक्लै छटपटाउनु पर्दाको पिडालाई यो गीतमा प्रस्तुत गरिएको छ ।

यो एल्बमको चौथो गीत तिम्रो मनमा के छ, थाहा छैन केही, मेरो मनमा जे छ भए हुन्थ्यो त्यँही वोलको गीतलाई शंकर अधिकारी घायलले शब्द रचना गरेका छन् भने महेश खड्काले नै यो गीतमा संगीत भरेका छन् । नोर्बु शेर्पाको एरेन्ज रहेको उक्त गीत वोनसको रुपमा यो एल्बममा समेटिएको छ ।

गायक रुपकुमार राईको उक्त एल्बमलाई हिल्टोन म्युजिक सेन्टर प्रा.ली ले बजारमा ल्याएको हो ।

भिडियोहरु यहाँ हेर्नुहोस

तिम्रो नै रुप रंगको छ चर्चा जताततै गीतको म्युजिक भिडियो

सधै तिमी मुस्कुराउनु, फक्रिएको फूलासरीको म्युजिक भिडियो 

न त लगेउ मलाई साथ, बढ्यो दिलको खाटो गीतको म्युजिक भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *