रुक्मिणीद्वारा सहयोग

बट्टार, नुवाकोट, १८ माघ – नेपाल व्यापार संघकी सचिव तथा समाजसेवी रुक्मिणी सेढाईले देवीस्थान आधारभूत विद्यालय मदानपुर, ककनीका विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सामान सहयोग गरेकी छन् ।

यसका साथै समाजसेवी सेढाईले नुवाकोट आदर्श बहुमुखी क्याम्पसलाई एक लाख एघार हजार एक सय एघार र सूर्यमति माविलाई नगद पच्चीस हजार रुपैयाँ अक्षयकोष स्थापनार्थ सहयोग गरेकी छन् ।

सहयोग प्रदान गरेपछि उनले निजी र सामुदायिकमा विभाजन गरी दुई किसिमको पठनपाठन हुँदैआएकोमा अबदेखि त्यसलाई हटाई समान शिक्षा नीति लागू गर्नुपर्ने बताइन् । रुक्मिणीले भनिन्, ‘यस्तो विभेदकारी शिक्षा नीतिविरुद्ध हामी सम्पूर्ण अभिभावक र सचेत वर्ग लाग्नु पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *